‘अडालिया यूनिसेक्स सैलुन’मा सँगै किन गए आर्यन र बेनिशा ? यस्तो रहेछ भित्री कुरा — OSNepal

‘अडालिया यूनिसेक्स सैलुन’मा सँगै किन गए आर्यन र बेनिशा ? यस्तो रहेछ भित्री कुरा

LC (KTM) September 05, 2022 0

काठमाडौँ ।

नायक आर्यन सिग्देल र नायिका बेनिशा हमालले काठमाडौँमा एक भव्य सौलुनको उद्घाटन गरेका छन् । काठमाण्डौको गैरीधारा टुकुचा चोकमा रहेको सैलुन संचालनमा आएको अवसरमा नायक सिग्देल र नायिका हमालले उद्घाटन गर्दै शुभारम्भ गरेका हुन् ।

यो सैलुन युवा व्यवसायी सन्तोकी थापा, ममता श्रेष्ठ र सुजिना श्रेष्ठले संचालनमा ल्याएका हुन् । बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै यो सैलुन संचालनमा ल्याइएको लगानीकर्ताहरुले बताएका छन् । पछिल्लो समय सैलुनमा जाने मानिसहरुले गोपनियता समेत खोजीरहेका परिप्रेक्षमा सोही अवधारणालाई आत्मसाथ गर्दै सैलुन संचालनमा ल्याइएको बताइउको छ ।

युवा ब्यबसायीहरुका अनुसािर ‘अडालिया युनिसेक्स सैलुन’ ले विदेशमा संचालनमा आएको जस्तो सैलुन सरहकै सुबिधा उपलब्ध गराउने बताएका छन् ।

लामो समयदेखि अडालिया फेन्सी एंड बुटिक संचालन गर्दै आएकी सन्तोकी थापा, ममता श्रेष्ठ र सुजिना श्रेष्ठले अडालिया युनिसेक्स सैलुनमा सम्पर्क गर्नका लागि ९८१८३५०९०६ नम्बरुमा सिधै फोन गर्न सकिने बताए । सैलुन उद्घाटन गर्न पुगेका नायक आर्यन सिग्देल र बेनिशा हमालले ‘अडालिया यूनिसेक्स सैलुन’को सेवा दिने तरिका आँफुहरुलाई मन परेको प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर