पर्यटनमन्त्री श्रेष्ठलले आफुलाई अभद्र व्यवहार गरेको भन्दै थुनाएका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रिको निर्देशन — OSNepal

पर्यटनमन्त्री श्रेष्ठलले आफुलाई अभद्र व्यवहार गरेको भन्दै थुनाएका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रिको निर्देशन

LC (KTM) September 05, 2022 0

काठमाडौं २० भदौ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका छायाँ सेन्टरका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न गृहमन्त्री खाणले निर्देशन दिएका हुन् । आज मात्रै दरबारमार्ग प्रहरी वृत्तमा पुगेर सुरक्षागार्ड शेरजंग गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका थिए ।

प्रहरी हिरासतमा रहेको व्यक्तिलाई बाहिर ल्याएर भेटेको देखेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्रबहादुर धानुकले एसपी दिनेश मैनालीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर