पर्यटनमन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका सुरक्षा गार्डलाई भेट्न रवि लामिछाने दरबारमार्ग प्रहरी वृत्तमा पुगेपछि गठन गरिएको छानबिन समिति ।
काठमाडौं २० भदौ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका छायाँ सेन्टरका सुरक्षागार्ड र रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सोमबार दरबारमार्ग प्रहरी वृत्तमा पुगेर सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटेका हुन् ।
प्रहरी हिरासतमा रहेको व्यक्तिलाई बाहिर ल्याएर भेटेको देखेपछि सुरक्षागार्ड र रवि लामिछानेबीच भएको भेटघाटलाई लिएर छानबिन समिति गठन भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रविन्द्रबहादुर धानुकले एसपी दिनेश मैनालीको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।
दुई बिच भएको भेटको तस्विर सहित लामिछानेले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।