काडमाडौं २० भदौ । नेकपा एकिकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले अत्याचारको विरुद्ध आफ्नो पार्टीले सशक्त आवाज उठाउने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न समुदायलाई हुने अत्याचारको विरुद्ध आफ्नो पार्टीले सशक्त आवाज उठाउने जानकारी गराएका हुन् ।
महिला हिंसा अन्त्य, गरिबीमा रहेका समुदाय, अल्पसंख्यक लगायतका विषयमा पार्टीको विशेष ध्यान दावी गरेका उनले राज्य प्रणालीमा देखिएका विकृतिविरुद्ध जुध्नुपर्ने आजको आवश्यकता रहेको बताए ।
जनतामा चेतना जगाएर आन्दोलित गर्न सक्नुपर्नेमा जोड दिएका उनले वास्तविक कम्युनिस्ट विचार बोकेर हिँड्ने आफ्नो मात्रै पार्टी भएको दावी गरे ।