काठमाडौं २० भदौ । वाग्मती प्रदशेका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् ।
केही समय अगाडी संघीय संसद् राष्ट्रिय सभाबाट पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको मुख्यमन्त्री पाण्डेले दावी गरेका छन् ।
सोमबार हेटौंडामा आयोजना गरेको ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पाण्डेले संविधान विपरीतको सो विधेयक किन पारित गरेको रु भन्दै मुद्धा हाल्ने चेतावनी दिएका हुन् ।
संघीयतालाई बलियो बनाउन स्थानीय सरकार र प्रदेश सरकारलाई स्रोत, संरचना र अधिकार दिनुपर्नेमा उनले जोड दिएका छन् ।