काठमाडौं १९ भदौ । कोटेश्वर क्षेत्रमा अनधिृकत रुपमा निर्माण गरिएका संरचना तथा सञ्चालन हुँदै आएका पसलहरुमा काठमाडौं महानगरपालिकाले डोजर लगाउन सुरु गरेको छ ।
महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले दिएको जानकारी कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरुमा डोजर लगाएर हटाउने कार्य सुरु भइरहेको छ ।
ठूलो संख्यामा नगर प्रहरी परिचालन गरि अहिले कोटेश्वर क्षेत्रमा डोजर लगाउने कार्य भइरहेको छ ।