सुरक्षागार्ड पक्राउ परेपछि मन्त्री श्रेष्ठको प्रतिक्रिया - भेंडाबाख्राको व्यवहार गर्न पाइँदैन, मैले आफैंले पनि म मन्त्री हो भनेको थिए — OSNepal

सुरक्षागार्ड पक्राउ परेपछि मन्त्री श्रेष्ठको प्रतिक्रिया – भेंडाबाख्राको व्यवहार गर्न पाइँदैन, मैले आफैंले पनि म मन्त्री हो भनेको थिए

LC (KTM) September 04, 2022 0

काठमाडौं १९ भदौ । क्यानडाको भिसा लिन श्रीमतीसहित ठमेलस्थित छायाँ सेन्टरमा पुगेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा एक जना सुरक्षा पक्राउ परेका छन् ।

पक्राउ परेका सुरक्षा गार्ड कुँवर विरुद्ध अभद्र व्यवहारमा म्याद थप गरी कारबाही अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भरतबहादुर बोहराले जानकारी दिए । बायोमेट्रिक गराउन पुगेका मन्त्रीले सर्वसाधारण लाइनमा बसिरहेका बेला लाइन मिचेपछि कुँवरले लाइनमा बस्न निर्देशन दिएका थिए ।

तथापी, मन्त्री श्रेष्ठसँगै रहेका सरकारी पीएसओले उनी मन्त्री भएकाले जान दिन आग्रह गर्दा पनि कुँवरले भने ,’मन्त्रीसन्त्री चिन्दिन जो भए पनि लाइनमा बस्नुपर्छ’ ।कुँवरको जवाफपछि मन्त्री श्रेष्ठ र पिएसओलले उनीसँग बाझाबाझ गरेका थिए ।

पर्यटन मन्त्रालयले आफ्ना मन्त्रीमाथि दुव्र्यवहार गरेको भन्दै कुँवरविरुद्ध दरबारमार्ग प्रहरीमा जाहेरी दिएको थियो । तथापी , मन्त्री श्रेष्ठले भने आफु लाइनमा नै बसेको अवस्थामा पनि ति सुरक्षा गार्डले आफुमाथि अभद्र व्यवहार गरेको दावी गरेका छन् ।

उनले भने, ‘मलाई दिइएको समयअनुसार शुक्रबार त्यहाँ पुगेको थिएँ । म लाइनमा नै लागेको थिएँ । त्यहाँको नियमअनुसार नै लाइनमा लागेको हुँ । मभन्दा अगाडि एक जना अर्को मान्छे थियो । त्यसपछि मेरो श्रीमती हुनुहुन्थ्यो र त्यसपछि म थिएँ । म लाइनमा हुदाँहुँदै पनि ममाथि दुर्व्यवहार भयो ।’

आफु मन्त्री भएको आफ्नो पीएसओ भन्दा उनले निजले मन्त्रीसन्त्री कोहीकसैलाई पनि चिन्दैन भनेर जवाफ दिएको बताए । ‘त्यो भिसा सेन्टर पनि त नेपाली नागरिकले तिरेको शुल्कबाट चलिरहेको छ । उसले भेंडाबाख्राको व्यवहार गर्न पाइँदैन नि ! म उछिनेर गएको पनि होइन । मैले आफैंले पनि म मन्त्री हो भनेर भनेको थिएँ । त्यहाँ उसले ठेलमठेल पनि गर्‍यो ।’

आफुले यस विषयमा कारबाहीका लागि निर्देशन दिइरहनु नपर्ने बताए । त्यहाँ भएका आफ्नो पीएसओ अनि सुरक्षा निकायका साथीहरुले आफुमाथि भएको दुर्व्यवहार भएको देखेपछि आफ्नो प्रक्रियाअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर