एक साताभित्र मनोरन्जन कर तिर्न मल्ल होटलको बेली क्यासिनोसहित ७ वटा क्यासिनोलाई महानगरको चेतावनी — OSNepal

एक साताभित्र मनोरन्जन कर तिर्न मल्ल होटलको बेली क्यासिनोसहित ७ वटा क्यासिनोलाई महानगरको चेतावनी

LC (KTM) September 04, 2022 0

=काठमाडौं १९ भदौ । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न ७ वटा क्यासिनोलाई निर्देशन दिएको छ ।

महानगरले आइतबार एक पत्र मार्फत होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भन्दै निर्देशन दिएको हो ।

सात दिन भित्र कर नतिरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरीने चेतावनी दिएको महानगरका राजस्व विभाग प्रमुख डा। शिवराज अधिकारीले बताए ।

पटक पटक कर तिर्न ताकेता गरेपनि सम्बन्धित संस्थाहरुको ४ वर्ष देखि नतिरेको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर