निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै लिङदेनले सांसदबाट पदबाट राजीनामा दिन लागेका हुन् ।
काठमाडौं १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् । चुनावको मिति घोषणा भइसक्दा पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले पदबाट राजीनामा लागेका हुन् ।
‘निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्ने हो । यो सरकारले निष्पक्ष चुनाव गर्ने ग्यारेन्टी छैन । त्यसमाथि संसदको म्याद फागुनसम्म लैजानेगरी जसरी कानून नै संशोधन गर्न खोजिदैछ त्यो निर्लज्ज कुरा हो । मैले एक्लै रोक्न सक्दिन,त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ ।’ उनले भने ।
सदनमा बोलेर राजीनामा दिने र अबदेखिका बैठकमा सहभागी नहुने पनि उनले बताए ।