काठमाडौं १९ भदौ । नेकपा ९एमाले० का महसचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन कसरी जन्मिएको रहेछ र परमादेशको रहस्य के रहेछ खुल्दै गएको बताएका छन् ।
आइतबार सुदूरपश्चिमका वैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षण लगायतका विभिन्न कार्यक्रम सकेर राजधानी फर्कने क्रममा आज अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र बताएका महासचिव पोखरेलले भने, ‘नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चेनक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनताको हितका कदमको प्रतिशोध लिनका लागि पाँचदलीय गठबन्धन जन्माइएको हो ।’
‘फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई वाह्य स्वार्थ रहेको तर त्यो चाहना एमालेको सरकारले पूरा हुन नदिएको, विकास र समृद्धिको यात्राका क्रममा ठूला परियोजनाहरु अगाडि सारेको मन नपराएकाहरुले एमालेलाई सरकारबाट हटाउनका लागि पाँचदलीय गठबन्धनको जन्म भएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’
राणाको वयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले वयान रोक्ने प्रयास गरेको आरोप लगाएका उनले महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौ रोकेर नयाँ नजिर बनाएको महासचिव पोखरेलको बताए ।
गठबन्धन सरकारको एकबर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा छैन भन्ने प्रष्ट देखिएको बताए । आगामी निर्वाचन स्वार्थको गठबन्धनका पक्षमा लाग्ने कि विकास र समृद्धिको एजेण्डाका साथ राष्ट्रिय शक्तिका रुपमा अगाडि बढिरहेको एमालेको पक्षमा लाग्ने भन्ने जनमत सङ्ग्रहका रुपमा रहेको पोखरेलले बताए ।