काठमाडौं १९ भदौ । सयमै मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कालो सुचीमा राख्न सिफारिस गरेको छ ।
ठेक्का सम्झौता अनुसार समयमै मल नल्याएका ‘सिल्क (जेभी) र सिल्क मार्केटलाई कालो सुचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको हो ।
कृषि विकास मन्त्रालयलका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि यी दुई कम्पनीले ५० हजार मेट्रिकटन युरिया ५ हजार मेट्रिकटन डीएपी गरी कुल ५५ हजार मेट्रिकटन मल आयातको सम्झौता गरिएको थियो ।
सम्झौता अवधि सकिएको २ देखि ६ महिनासम्म पनि कारबाही नगरी मल ल्याउन समय दिंदा पनि ठेकेदारले आलटाल गरेपछि कम्पनीले ठेक्का सम्झौता तोडेर कृषि सामग्रीले धरौटी जफत गरेको कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले बताए ।