काठमाडौं १९ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँच दलीय सरकार पुर्ण रुपमा असफल भएको बताएका छन् । आइतबार प्रेस चौतारीले कैलालीको अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
गठबन्धन नेपालीको हितमा नरहेको भन्दै पोखरेलले जनहितमा कति कति उपयोगी छ भन्ने उसको कामबाट देखाइसकेको बताए ।
आफूहरुको सरकार हुँदा नाफा भएको तर वर्तमान सरकारले एकवर्ष बिताइरहँदा पौने तीन खर्ब घाटामा गइसकेको आरोप लगाएका उनले यही सरकार रहि रहे मुलुकको अवस्था श्रीलंकाको अवस्थामा जाने निश्चित रहेको दावी गरे ।
नेपाली मुद्रा कमजोर बन्दै गएको बताएका नेता पौडेलले सरकार असफल भएको बताए ।
‘सरकारको आफ्नो खर्च गर्ने क्षमताले बजार गुलजार हुन्छ । तर सरकारले आफ्नो खर्च गर्ने सामर्थ्य गुमाइसकेको छ । जुनकारण यो जनताको सरकार नै होइन ।’ उनले भने ।