काठमाडौं १९ भदौ । सत्ता गठवन्धनदलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्ने भएको छ । बैठकमा गठवन्धन दलका शिर्ष नेताहरु सहभागी हुने भएका छन् ।
बैठकमा आगामी मंसिर ४ गते हुने आसन्न चुनावको लागि सिट बाँडफाँडको विषयमा छलफल हुने भएको छ ।
सीट बाँडफाँडको विषयले गठवन्धन दलमा किचलो भएपछि बैठक लगातार बसेको छ र तर पनि निष्कर्षमा पुगेको छैन ।