एउटै खेलमा फ्रान्सविरुद्ध शानदार २ गोल गरेसँगै रोनाल्डोले बनाए विश्व कीर्तिमान — OSNepal

एउटै खेलमा फ्रान्सविरुद्ध शानदार २ गोल गरेसँगै रोनाल्डोले बनाए विश्व कीर्तिमान

LC (KTM) June 24, 2021 0

काठमाडौँ । पोर्चुगलका स्ट्राइगर क्रिष्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गर्दै नयाँ किर्तीमानी कायम गरेका छन् ।

रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी गरेसँगै उनको चर्चा थपीएको छ । रोनाल्डोले यो किर्तीमानी फ्रान्सविरुद्धको खेलमा दुई गोलसँगै बनाउन सफल भएका हुन् ।

३६ वर्षीय रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यसअघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए । रोनाल्डोले हालैको खेलमा शानदार गोल गरेसँगै उनले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् ।

रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेसँगै उनको चर्चा चौतर्फी चुलीएको छ ।

फ्रान्सविरुद्धको खेलमा दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१औँ गोल पूरा गरे । उनले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यसअघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर