काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)की आमाको निधन भएको छ ।
दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो ।
नन्द कुमारीको निधन वप्रति दुख व्यक्त गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।