काठमाडौं १९ भदौ । शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रकाश’ फिल्म हेरेपछि आपत्ती जनाएका छन् । फिल्म हेर्न विश्व ज्योती पुगेका मन्त्री पौडेलले फिल्ममा कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको तथा जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै उनले आपत्ती जनाएका हुन् ।
फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंग जोडिएको छ ।
‘मैले फिल्मभन्दा शिक्षकसँग भन्दा एउटा आस्थासँग सम्बन्धित देखेँ । राजनीतिसँग सम्बन्धित । त्यहाँ प्रस्तुत भएको विम्व, झण्डा, आफै पनि शहीदको छोरा, विकृति गर्ने निर्वाचन जिताएको त्यही सम्बन्धित पार्टीबाट, त्यसको सन्देश शिक्षासँगभन्दा पनि राजनीतिसँग सम्बन्धित भएर फिल्म प्रकट भएको मलाई महसुस हुन्छ ।’ मन्त्री पौडेलले बताए ।
‘फिल्मको अन्त्यमा जे देखाइयो त्यो हो कि होइन भन्ने कुरा जुम्लाका जनताले फैसला उनले बताए ।