मेलम्चीको बाँधसम्म पुग्ने सडक खोल्न सुरु, दशैँअघि पानी ल्याउन सकिने — OSNepal

मेलम्चीको बाँधसम्म पुग्ने सडक खोल्न सुरु, दशैँअघि पानी ल्याउन सकिने

LC (KTM) June 24, 2021 0

काठमाडौँ । असार एक गते आएको मेलम्ची नदीको बाढीले नदी क्षेत्र वरपर रहेका शहर वस्तीलाई बगरमा परिणत बनाइदियो । उक्त बाढीले मेलम्ची खानेपानीको आयोजनामा समेत क्षति गरायो । आयोजनाको क्षति पु(याएको संरचना बनाउन काम अगाडि बढाइएको छ ।

मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्कस् रहेको ठाउँसम्म पुग्न बाटो बनाउने काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम सुरु भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।यो खबर गोरखापत्र दैनिकमा छ ।

स्थायी संरचनामा बाढीले असर नगरेको कारण नदीमा सङलो पानी बगेको अवस्थामा दशैं, तिहार अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउन सकिने उहाँले जानकारी दिनुभयो । सुरुङ परीक्षण पछि सुधार गर्न सुन्दरी जलबाट पसेर पनि गर्न सकिने आयोजनाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर