काठमाडौं १८ भदौ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाएसम्म देश समृद्धिको बाटोमा नजाने बताएका छन् ।
प्रजातन्त्रवादी चिकित्सक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका नेता कोइरालाले यस्तो बताएका हुन् ।
‘एकातिर हामी समृद्धिको कुरा गर्छौं अर्कोतिर यी विषयमा न्यून बजेट छुट्टयाउँछौँ, अनि कसरी देश उँभो लाग्छ’, उनले भने ।
शिक्षा र स्वास्थ्य मन्त्रालय कांग्रेसले नलिएर गल्ती गरिरहेको बताएका उनले ‘स्वास्थ्य मन्त्रालय कहिलेकाही लिने गरे पनि शिक्षा मन्त्रालय लामो समय कांग्रेसले नलिएको बताए ।
कांग्रेसले यस दुवै मन्त्रालय छोड्न नहुने भन्दै नेता कोइरालाले चिकित्सकलगायत पेशाकर्मीहरूलाई विशेष ब्यवस्था गरेर कांग्रेस पार्टीमा भूमिका दिनुपर्ने बताए ।
पेशाकर्मीहरू तलैबाट हाम्रा कार्यकर्तासँग प्रतिष्पर्धा गरेर आउन सक्दैनन् । पार्टीमा उहाँहरूको अनुभव र भूमिकाको ठूलो महत्व छ’, उनले भने ।