काठमाडौं १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन धरापमा परेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् ।
शनिबार झापाको गौरीगञ्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनभित्र रोइकराई शुरु भइसकेको भन्दए यस्तो बताएका हुन् ।
‘गठबन्धनलाई जनताले राम्रोसँग चिनिसके ,अब मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई रोज्छन् ।’ ओलीले भने ।
पार्टीका कार्यकर्ताहरूलाई एकताबद्ध भएर निर्धक्क साथ निर्वाचनमा जुट्न आग्रह गरेका ओलीले नेता–नेता गठबन्धनमा भएपनि जनता भने एमालेमा भएको जिकिर गरे ।
जग बिनाको गठबन्धन धरापमा परिसक्यो अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने ओलीले दावी गरे । गठवन्धनका माधव नेपाल दिनरात रोइकराई गरेपनि कांग्रेसले छोडेका सिट मात्रै अन्य दलले पाउने ओलीले बताए ।