निर्वाचन आएपछि हारिएलाकी भन्ने डर लागेको छ : महामन्त्री थापा — OSNepal

निर्वाचन आएपछि हारिएलाकी भन्ने डर लागेको छ : महामन्त्री थापा

LC (KTM) September 03, 2022 0

काठमाडौं १८ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा हारिन्छ की भन्ने डर लागेको बताएका छन् ।

आज शनिबार काठमाडौंको बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यामिक विद्यालयले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका उनले निर्वाचन आएपछि हारिएलाकी भन्ने डर आफूलाई सधैं हुने गरेको बताएका हुन् ।

उनले भने,‘चुनावमा जित÷हार दुवै हुने गर्छ, तर मलाई हारिएलाकी भन्ने डरले बढि सताउने गरेको छ ।’

जीवनमा सफलता र असफलता दुवै कुरा हुने बताएका थापाले सोहीअनुसार विद्यार्थीहरुको पठनपाठनलाई अघि बढाउन सो कार्यक्रममा सुझाव दिए ।

आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर