काठमाडौं १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही मंसिरमा हुने निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिने बताएका छन् ।
शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको क्षेत्रमा प्रहरी प्रशासन लगाएर,राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गरेको आरोप लगाएका उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए ।
यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । ‘प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’ ओलीले भने ।