काठमाडौं १८ भदौ । शहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन दावी गरेका छन् ।
शनिबार एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको बनाएकाले माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्यै कमजोर नहुने बताए ।
‘तपाईँहरुलाई माधव नेपालले किन विद्रोह गर्नुपर्यो, राजेन्द्र पाण्डे, गंगालाल तुलाधरले किन विद्रोह गर्नु पर्यो भन्ने पक्कै लागेको होला । अथवा हामीहरुले नयाँ पार्टी निर्माण किन गर्नु पर्यो भन्ने मुख्य कुरा हो । यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो ।’ मन्त्री चौधरीले भने ।
अझै पनि मुलुकमा कम्युनिष्ट आन्दोलनको औचित्य छ र यसलाई पुनर्गठन गर्नुपर्ने आवस्यकता रहेको बताएका उनले जनताले पहिलो पटक बनाएको संविधान जोगाउनुपर्ने बताए ।
साथै, केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले सबैभन्दा भ्रष्ट, सबैभन्दा घुसखोरी र सबैभन्दा धेरै दलालहरुको अखडा बनिसकेपछि विद्रोह अनिवार्य बनेको समेत बनाए ।