काठमाडौं १८ भदौ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले मुलुकलाई श्रीलंका हुनबाट बचाएको दावी गरेका छन् ।
शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारण सभाका अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् ।
नेपाली अर्थतन्त्र श्रीलंकाको बाटोमा जानबाट सरकारको होसियारीले रोकेको जिकिर गरेका उनले सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा मुलुक जान नपाएको बताए ।
पछिल्लो समय अर्थतन्त्रका सबै सूचकांक सकारात्मक दिशामा उन्मुख रहेको बताएका शर्माले अर्थमन्त्रीले बजेट निर्माणमा लिइएका नीतिबाट फाइदा उठाउन नीति क्षेत्रलाई आह्वान समेत गरे ।