प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट सक्ने धुनमा सडक भित्रै बिजुलीका पोल भए पनि त्यसलाई व्यवस्थित गर्न महानगरले भ्याएन । असार १५ मा काम नसके बजेट फ्रिज हुने भएकाले हिलो र झरिमै भए पनि कालोपत्रे गर्ने तयारीमा महानगर लागेको छ।
महानगरको २ नम्बर वडाको स्वस्तिक मार्गमा मात्रै यो वर्ष कालोपत्रेमा १० लाख रुपैयाँ महानगरले सक्दैछ । अघिल्लो वर्ष यस स्थानमा नाला निर्माणका लागि २९ लाख १२ हजार ६ सय २६ रुपैयाँ सकिएको थियो। अब अर्को वर्ष बिजुलीको पोल सार्दा यो सडक र नाला भत्केर पुनः बनाउनुपर्ने अवस्था आउनेछ। कुनै दीर्घकालीन योजना बिना असारमा यसरी बजेट सक्नेतर्फ मात्रै ध्यान दिँदा करोडौं रकम खेर जाँदै छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
यो त एक उदाहरण मात्रै हो। प्रदेश १ का प्राय सबै तहका वडामा अहिले बजेट सक्न हिलो र झरिमानै धमाधम काम भइरहेका छन्। जुन दिगो हुने कुनै लक्षण देखिँदैन। विराटनगर महानगरपालिकासँगै जोडिएका बूढीगंगा गाउँपालिका–२ मा अहिले नाली निर्माण र सडक ग्राभेलको काम चलिरहेको छ। अबको १० दिनमा सबै काम सक्ने चटारो वडाध्यक्ष रेवतीनारायण चौधरीलाई छ। उनी भन्छन्, ‘बजेट किन फ्रिज गर्ने, काम गर्दा राम्रै होला नि।’