काठमाडौं १७ भदौ । राष्ट्रिय सभाको विषयगत समितिका सभापतिहरुको निर्वाचन यही भदौ २३ गते हुने भएको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबार ४ वटा समितिको सभापति चयनका लागि भदौ २३ को मिति तोकेका हुन् ।
जसमा राष्ट्रियभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले राष्ट्रिय सरोकार समितिको सभापति पाउने भएको छ ।
करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले भदौ २३ गते नेतृत्व पाउने भएको हो ।