काठमाडौं १ भदौ । पेट्रोलिय पदार्थको मुल्य वृद्धि भएको विरोधमा नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट विद्यार्थी संगठनले संयुक्त रुपमा आज प्रदर्शन गरेका छन् ।
गएराति १२ बजेबाट लागु हुने गरी नेपाल आयल निगमले डिजल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मुल्य वृद्धि गरेको थियो । प्रर्दशनकारीले आयल निगमको टेकु कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।
अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र शाहले उक्त विरोध कार्यक्रमलाई सम्बोधन गरेका थिए ।