काठमाडौं १७ भदौ । जनता समाजवादी पार्टीकी नेत्रृ सांसद रेनुका गुरुङले भारत–पाकिस्तान, भारत–बंगलादेश जस्तै नेपाल–भारत सीमामा पनि काँडेतार लगाउन माग गरेकी छन् ।
शुक्रबारबार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद गुरुङले यस्तो माग गरेकी हुन् । खुला सीमानाका कारण दुईजना हतियारधारी भारतीय नम्बर प्लेटका सवारीमा नेपाल छिरेर कपिलवस्तुमा २ जनाको भएको घटनाको
स्मरण गराएकी उनले आतंकवादी हत्याराहरू, मानव तस्कर र सीमा अतिक्रमण रोक्न अनिवार्य काँडेतार बार लगाउन नेपाल सरकारसँग जोडदार माग रहेको बताइन् ।
खुला सीमानाका कारण दुईजना हतियारधारी भारतीय नम्बर प्लेटका सवारीमा नेपाल छिरेर कपिलवस्तुमा २ जनाको हत्या भएको छ ।
विगतमा पनि भारतीय सुरक्षाकर्मीद्वारा हाम्रो गोविन्द गौतमको हत्या भएको हो, जयसिंह तुइनको घाउ आलै छ,’ गुरुङले भनिन्।
उनले आफ्नो घरमा विस्फोटक पदार्थ फालिँदा समेत प्रहरीले पटका भनेर गम्भीर रूपमा नलिएको दुखेसो पोखिन् ।