काठमाडौं १७ भदौ । ललितपुर महानगरपालिकाले अनाधिकृत संरचना भत्काउन दशैं सम्मको समय दिएको छ ।
फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना भत्काउन महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै यस्तो निर्देशन दिएको हो ।
ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरिएको हो ।
साथै, ललितपुर महानगरपालिकाले लगनखेलस्थित आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।