बलिउडको फिमेल कोरीयोग्राफर मध्ये सबैभन्दा उत्कृष्ट बन्न सफल सरोज खान अहिले हामी बीच छैनन् । तर उनी संग जोडीएका धेरै रमाईला तथा नरमाईला किस्साहरु अझै नै हामी माझ ताजै रहेका छन् ।
आज हामी यिनै सरोज संग जोडिएका मनछुने जिन्दगीको किस्साहरुको बारेमा जानकारी दिदैछौ । सरोज खानको बास्तविक नाम निर्मला नागपाल हो । उनले ईस्लाम धर्म अपनाएर आफ्नै गुरु बी सोहनलाल संग बिबाह गरेकी थिईन् । सोहनलाल उमेरमा सरोज भन्दा ३० बर्ष जेठा थिए । उनको बिबाह सोहनलाल संग लामो समय सम्म टिक्न सकेन् ।
त्यसपछि दुबै जना छुट्टिएका थिए । त्यसपछि सरोजले दोस्रो बिबाह गरेकी थिईन् । दोस्रो बिबाह सरदार रोशन खान संग गरेकी थिईन् । सरोजलाई फिल्म उद्योगमा मायाले मास्टरजी नामले चिनिन्छ । सरोजको शाहरुख खान संग जोडिएको एउटा रमाईलो किस्सा रहेको छ ।
करियरको सुरुवातमा शाहरुख खान दिनरात नभनि काम गर्थे । एक दिन शाहरुख खानले थाकेर सरोजलाई काम धेरै छ म थाकेको छु मास्टर जी भनेका थिए । त्यतिबेला सरोजले शाहरुख खानको गालामा मायाले एक थप्पड लगाउँदै यो फिल्डमा कहिल्यै काम धेरै हुदैन त्यसैले नभन कि काम धेरै छ भनेकी थिईन् ।
सलमान संग यसकारण रिसाईन् सरोज :
सरोज खान सुपरस्टार सलमान खान संग पनि चिढिएकी थिईन् । आज भन्दा ५ बर्ष अघि अर्थात सन् २०१६ मा सरोज खान एउटा बिरामीलाई सुपरस्टार सलमान खान संग कुरा गराउन चाहान्थिन् । सरोजले सलमान खानलाई फोन समेत लगाएकी थिईन् ।
तर सलमान खानले कुरा गर्न मानेका थिएनन् । यस घटना पछि सरोज खानलाई एकदमै चित्त दुखेको थियो । उनले यो कुरा कहिल्यै बाहिर ल्याउन चाहेकी पनि थिईनन् । उनको २०२० जुलाई ३ मा निधन भएको थियो ।