काठमाडौं । खेलाडीले खदेल मैदानमा नै प्रेमिकालाई प्रपोज गरेको एउटा भिडियो अहिले भायरल बनिरहेको छ । एसिया कपको आफ्नो पहिलो खेलमा हङकङ भारतसँग ४० रनले पराजित भए लगत्तै टोलीका उपकप्तान किञ्चित शाहले प्रेमिकालाई अहिलेसम्मकै भिन्न तरिकाले प्रपोज राखेका छन् ।
भाइरल भिडियोमा उपकप्तान किञ्चित शाहले खेल सकिएपछि उनी सिधै प्याराफिटमा गएर खेल हेरिरहेकी आफ्नी प्रेमिकालाई बोलाएर अलिकति घुँडा टेकेर उनले आफ्नो प्रेमिकाको हातमा हिराको औंठी लगाइदिँदै विवाहको प्रस्ताव गरेको देखिन्छ ।
यो दृश्य देखेर हङकङको सम्पूर्ण टिमले उत्साहका साथ ताली बजाएको पनि भिडियोमा देख्न सकिन्छ । यो दृश्य देखेर कमेन्टेटर गौतम गम्भीर, सञ्जय बांगर र शो होस्ट जतिन सप्रु पनि मन्त्रमुग्ध भए । हिरा व्यापारी समेत रहेका उनका बाबु देवाङ शाह क्रिकेटमा पनि निकै रूचि राख्छन्।
उनले हङकङमा क्रिकेट क्लब पनि चलाएका छन्। हङकङको टी–२० ब्लिट्ज प्रतियोगिताको एउटा टोलीका मालिकसमेत हुन्। उनका छोरा किन्चितको जन्म मुम्बईमै भएको हो। उनी ३ महिनाको हुँदा परिवारसहित हङकङ गएका थिए। आफ्ना बुवाले क्रिकेट खेलेको देखेपछि १० वर्षको उमेरमै उनले लेदर बलबाट क्रिकेट खेल्न सुरू गरेका हुन् ।
She said YES! #INDvsHK pic.twitter.com/kHBpRX7Hqh
— Cricket fan (@Cricket58214082) August 31, 2022