काठमाडौं १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा आफू चितवन–३ बाटै उम्मेदवार बन्ने बताएका छन्। शुक्रबार एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘मैले पहिले पनि भनेको छु, चितवन–३ छोड्दिन’, उनले भने । साथै उनले सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको जिकिर गरेका उनले प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भइसकेको बताए ।
यसअघि ०७४ को निर्वाचनमा पनि प्रचण्ड चितवन–३ बाटै निर्वाचित भएका थिए ।