काठमाडौं १७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब चाँडै सीट बाँडफाँडको विषय टुंग्गो लाग्ने बताएका छन् ।
आज शुक्रबार कर्णाली प्रदेशमा आफ्नै पार्टीले आयोजित गरेको एक कार्यक्रममा पुगेका प्रचण्डले गठवन्धनमा सिटबाँडफाँटमा कुनै पनि मनमुटाव नरहेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
आजदेखि गठबन्धन दलभित्र सिट बाँडफाँटमा प्रदेश र क्षेत्रमा छलफल हुने जानकारी दिएका अध्यक्ष प्रचण्डले कुन कुन प्रदेश र कुन क्षेत्र कसले पाउँने विषय सकेर एकै पटक बाहिर आउने बताए । एउटाले संघ लिएमा अर्को प्रदेशमा लिएर सन्तुलन मिलाएर जाने विषयमा पनि छलफल भइरहेको समेत प्रचण्डले बताए ।
एमालेसँग अहिले तत्काल कुनै सहमति हुने सम्भावना नरहेको स्पष्ट पारेका प्रचण्डले अघि भने , ‘अहिले आफ्नो आफ्नो चुनाब चिन्हमा जाने विषयमा जाने छलफल भएको छ । अहिले माओवादीको चुनाव चिन्हमा बामदेव गौतम आउँने विषयमा छलफल भईरहेको छ भने बाबुरामजीको पार्टी माओवादीकै हँसिया हतौडामा चिन्हमा लड्ने भन्नु भएको छ , एकिकृत समाजवादीबीच एकताका लागि छलफल भईरहेको छ छिटै त्यसको पनि टुंग्गो लगाउँछौं ।’