बाढी पीडितका बिषयमा ढिलै भएपनि महानायक राजेश हमालको यस्तो आयो सुझाव, सबै नेपालीलाई गरे यस्तो आग्रह — OSNepal

बाढी पीडितका बिषयमा ढिलै भएपनि महानायक राजेश हमालको यस्तो आयो सुझाव, सबै नेपालीलाई गरे यस्तो आग्रह

LC (KTM) June 23, 2021 0

नेपाली फिल्म जगतका महानायक राजेश हमाललाई त्यसै भनिएको हैन । उनी एकदमै गंभीर भएर ढिलो तर गहकीलो प्रतिक्रिया दिने गर्छन् । उनले बोलेका हरेक कुरा ओझपुर्ण रहेको हुन्छ । अन्य नायक नायिका जस्तो छिटै प्रतिक्रिया दिई हाल्ने बिबाद आईहाल्ने जस्ता काम गर्दैनन् हमाल ।

उनले सिन्धुपाल्चोकमा भर्खरै बाढीले मच्चाएको बितण्डताका बारेमा बल्ल बोलेका छन् । उनले पिडीतहरुलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । सरकार, सम्पुर्ण नेपाली दाजुभाईहरु , देशबिदेशमा भएका नेपालीहरु लाई समेत यो बेला पीडितलाई सहयो गर्न आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा भिडीयो पेष्ट गर्दै यस्तो बताएका हुन् । हमालले भनेका छन् – हामी नेपाली दाजुभाई, दिदीबहिनी, सरकार, देश विदेशमा भएका नेपालीहरूले हातेमालो गरेर जो व्यक्तिहरू पीडित हुनुहुन्छ, उहाँहरूको घाउमा मलहम लगाउने वा उहाँहरूको जीवनलाई केही हदसम्म सहज बनाउने कोशिस हामी सबैबाट हुनुपर्छ ।’

साथै उनले यस्ता प्राकृतिक बिपदको दिर्घकालिन समाधान खोज्न पनि आग्रह गरेका छन् । उनले घुमाउरो शैलीमा यस्ता प्रकोपहरु को पछाडि आफ्नो पनि हात छ भन्ने बुझ्न आग्रह गरेका छन् । उनले मानिसहरुले प्रकृति र वातावरणको बिरुद्ध गईरहेको भन्दै दुःख समेत ब्यक्त गरेका छन् । प्रकृतिको बिरुद्ध आँच आउने खालका जीवनशैली र संरचनाहरु बनाईरहेका त छैनौ भन्दै यस कुरामा ध्यान दिन समेत सुझाव दिएका छन् ।

हमालले भनेका छन्, – जबसम्म प्रकृतिलाई हामीले सम्मान गर्दैैनौँ, प्रकृतिले हामीलाई सम्मान कहिल्यै गर्दैन । यो भन्दैमा दैवीप्रकोप आउँदै नआउने भन्ने होइन् । तर, दैवीप्रकोप आउँछ र यसले गर्ने असर यस्तो हो भनेर होसियार रहनु पर्छ ।’ हमालले वातावरणको संरक्षण गर्न र प्रकृतिको सम्मान गर्न समेत सबैलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर