काठमाडौं १६ भदौ । नेपालमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको मूल्य बढाएर पठाएको छ ।
नेपाल आयल निगम (एनओसी)लाई भारतीय आयल कर्पोरेसनले डिजेल र पेट्रोलको नयाँ मुल्य सुची पठाएको हो ।
प्राप्त नयाँ सुची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैया ४९ पैसा र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ १२ पैसा बढेर आएको छ ।
यता खाना पकाउने एलपी ग्याँसको मूल्य भने घटेर आएको छ । एलपी ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको हो ।