काठमाडौं १६ भदौ । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले नागरिकता विधेयकमाथि सत्ता पक्षले भोटको राजनीति गरेको आरोप लगाएका छन् । आज साँझ बसेको राष्ट्रिय सभाको बैठकमा सांसद दाहालले यस्तो आरोप लगाएका हुन् ।
राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरिदिएपछि आज राष्ट्रिय सभाको बैठकबाट पनि हुकहु पारित गर्ने तयारी रहेको छ ।
‘यो विधेयक हाम्रो अगाडि प्रस्तुत भएको छ, विधायन व्यवस्थापन समितिमा छलफल भएको छ, विधायन व्यवस्थापन समितिमा छलफल भएर हामीले फरक मत राखेका छौँ,’ बैठकमा उनले भने ।