काठमाडौं १६ भदौ । काठमाडौं महानगरपालिकाले २४ घण्टाको अल्टिमेट दिएपछि प्रर्दशनी मार्गस्थित रहेको फनपार्कले कर तिरेको छ ।
बुधबार महानगरले २४ घण्टा भित्र कर नतिरे सिल गर्ने चेतावनी दिएपछि पार्कले आज सात भन्दा अगाडी देखि नतिरेको कर तिरेको हो ।
फनपार्क व्यवस्थापनले आज १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले फनपार्कलाई पत्र लेख्दै महानगरको बक्यौता कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) २४ घण्टाभित्र बुझाउन २४ घण्टाको अल्टिमेट दिए थिए ।
सञ्चालनमा आएको ७ वर्षपछि पहिलो पटक फनपार्कले महानगरलाई कर तिरेको हो ।फनपार्कले समाजकल्याण परिषदलाई भने मासिक ६ लाख १० हजार ५ सय रूपैयाँ भाडा तिर्ने गरेको छ ।