बागलुङको निसीमा करोड लगानीमा निर्माण भएको काठैकाठको घर — OSNepal

बागलुङको निसीमा करोड लगानीमा निर्माण भएको काठैकाठको घर

LC (KTM) September 01, 2022 0

बागलुङ- बागलुङको निसीखोला गाउँपालिका– ५ निसीमा करोड लगानीमा निर्माण भएको काठैकाठको घर । मध्यपहाडी लोकमार्ग छेउमै पर्ने यो घरले धेरैको ध्यान केन्द्रित गर्छ । तस्बिर ः डम्मर बुढा मगर ÷रासस

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम
नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ ।

स्व गिरिको स्मृतिमा आज दिउँसो उहाँको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित स्व गिरिले शान्त रुपमा बस्न र थकाई मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा बनाउनुभएको आश्रममा आज दिउँसो १ बजे श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा पार्टीका सबै तहका नेता, कार्यकर्ता, स्थानीय बुद्धिजीवी, समाजसेवीलगायतको सहभागिता रहने सभापति यादवले बताउनुभयो ।

स्व गिरिको इच्छाअनुसार वस्तीपुरमा दाहसंस्कार गर्न नसकिए पनि आज १३औँ दिनको पुण्यतिथिमा उहाँको अस्तु आश्रममा सेलाइने छ । समाजवादी चिन्तक स्व गिरिको १३औँ दिनको तिथिमा प्रदेशका आठवटै जिल्लामा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिनुभयो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरिको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर