काठमाडौं १५ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचन स्पष्ट पारेका छन् ।
पार्टीले आगामी निर्वाचनमा कास्की-१ मा उम्मेदवारी दिन आग्रह गरेपनि उनले आफु काठमाडौं क्षेत्र नम्बर ४ बाटै नै उम्मेदवारी दिने बताएका हुन् ।
महामन्त्री थापाले सामाजिक सञ्जाल मार्फत भनेका छन् , ‘मैले काठमाडौं ४ बाट नै उम्मेदवारी दिने तयारी गरिरहेको छु र स्वभाविक रुपा म उम्मेदवार हुने यहीँबाट हो ।’कास्की क्षेत्र नं.१मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद’!