काठमाडौं १५ भदौ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँडको विषयमा फेदभाव भएको बताएका छन् ।
पार्टीको युवा संगठन युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कांग्रेस आफूले लिएर अरु दललाई उब्रेको मात्र दिने प्रवृत्ति देखिएको भन्दै यस्तो बताएका हुन् ।
‘जम्मै आफूले लिने उब्रेको हामीलाई दिने, यस्तो हुन्छ भने हामीलाई स्वीकार्य हुँदैन,दुबै पक्षलाई फाइदा हुने हो भने मात्र गठबन्धन हुन्छ’ नेपालले भने ।
फाइदा हुने हो भने गठबन्धन हुने हो, फाइदा हुँदैन भने बलिदान हुन सक्दैन भन्दै अध्यक्ष नेपालले व्यवस्थापन गर्न कठिन भए पनि अप्ठेरोमा साथ दिएको कुरा विर्सन र आफूहरुको भूमिकाको अवमूल्यन गर्न नहुने बताए ।
साथै, उनले कार्यकर्तालाई चुनावको लागि काठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्न भन्दै जिल्लामा जान आग्रह गरे ।