काठमाडौं १५ भदौ । नागरिकता विधेयक राष्ट्रियसभाको विधायन समितिले जस्ताको तस्तै पारित गरेको छ ।
आज बुधबार विधायन समितिले प्रतिनिधि सभाबाट पारित भएको विधेयक जस्ताको तस्तै पारित गरेको हो ।
समितिले भोली बस्ने राष्ट्रिय सभामा प्रतिवेदन पठाउने भएको छ । विधायन समितिमा १५ जना सदस्य मध्ये एमालेका तीन जनाले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए भने, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक राखेका थिए ।
बाँकी १० जना सदस्यहरु यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिए । राष्ट्रपतिले सुझाव सहित प्रतिनिधि सभाको फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले पनि जस्ताको तस्तै पारित गरेको थियो ।