काठमाडौं १५ भदौ । चितवनको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने आकांक्षा राखेका छन् ।
पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि आह्रान गरेको आवेदनमा अहिले दिउँसो २ बजे सम्म केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङ, पूर्वसांसद रामकृष्ण घिमिरे, तारा पौडेल र विजय शर्मा भूसालले निवेदन दिएका हुन् ।
उम्मेदवारको आकांक्षा राखेर नाम दर्ता गराउने समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ । चितवनको क्षेत्र नम्बर ३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको छ ।
माओवादी र कांग्रेसमा गठवन्धन रहेपनि भरतपुर महानगरपालिकाको निर्वाचनमा कांग्रेसले माओवादीलाई समर्थन गरेर जिताएकोले यस पटक कांग्रेसलाई दिनुपर्ने कांग्रेसको माग रहेको छ ।