एमाले प्रवेश गर्ने समाचार बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री चौधरी बर्खास्त — OSNepal

एमाले प्रवेश गर्ने समाचार बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री चौधरी बर्खास्त

LC (KTM) August 31, 2022 0

काठमाडौं १५ भदौ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई बर्खास्त गरिएको छ ।

चौधरी एमाले प्रवेश गर्ने चौतर्फी चर्चा चलेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन् ।

आज नेकपा एकीकृत समाजवादीका संसददेखि प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू एमाले प्रदेश गर्ने कार्यक्रम तय भएको छ ।

मुख्यमन्त्री निकट स्रोतले बताए अनुसार एमाले सोही पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएपछि चौधरीलाई बर्खास्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर