चुडामणी शर्मासहित महत र ढकाल विरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा — OSNepal

चुडामणी शर्मासहित महत र ढकाल विरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

LC (KTM) June 23, 2021 0

काठमाडौँ, ९ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्याेट आयोग ऐनले दिएको अधिकार क्षेत्र बाहिर गई अभियुक्तले करदातासँग कर फछ्र्याेट सम्झौता गरेको पाइएको छ ।आयोगले उनीहरुविरुद्ध रु एक अर्ब ३३ लाख २० हजार ३८५ बराबरको बिगो दावी गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायसमेत माग गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर