दाङ :
दाङमा चाट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साह रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै चट्याङबाट १३ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अबस्था गम्भीर रहेको र अन्य ११ जनाको अबस्था सामान्य रहेको बताइएको छ । तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्ने क्रममा चट्याङ परेको डीएसपी राजनकुमार गौतमले बताए ।
मंगलबार राति ११ बजे परेको चट्याङले कति क्षती भयो भन्ने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।