बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त घरमै लुकीछुपी बसिरहेको अवस्थामा समातिए — OSNepal

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त घरमै लुकीछुपी बसिरहेको अवस्थामा समातिए

LC (KTM) June 23, 2021 0

सप्तरी, ९ असार – सप्तरी प्रहरी र अदालतको टोलीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई आज पक्राउ गरेको छ । सात लाख रुपैयाँ जरिवाना र दश दिन कैद हुने ठहरपश्चात फरार रहेका सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा बस्ने युसुफलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । सोही ठाउँका हमिदको जाहेरीले आरोपितमाथिको बैंकिङ्ग कसुर ठहर गर्दै उच्च अदालत जनकपुरले गत चैत १९ गते दश दिन कैद र सात लाख रुपैंया जरिवाना हुने फैसला गरेको थियो ।

फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको डोर टोलीले गाउँघरमै लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले बताउनु भयो । अदालतले अभियुक्तलाई कैद÷जरिवाना भुक्तानका लागि आजै राजविराज कारागार कार्यालय पठाएको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर