काठमाडौं । अभिनेता तथा चलचित्र समीक्षक कमाल आर खान ९केआरके० पक्राउ परेका छन् । मलाड प्रहरी चौकीमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको भारतिय मिडियाले जनाइएको छ ।
सामाजिक सञ्जालमा धर्मको बारेमा विवादास्पद ट्वीट गरेपछि युवा सेना सदस्य राहुल कनालले उजुरी गरेका थिए । उनलाई आज बोरिवली अदालतमा पेश गरिनेछ । केआरकेले दिवंगत अभिनेता ऋषि कपुर र इरफान खानलाई लिएर अपमानजनक ट्विट गरेको आरोप पनि लागेको छ । उनलाई आजै अदालतमा पेश गरिने बताइएको छ । कमाल आर खान आफ्नो कुनै ट्वीटका कारण समस्यामा परेको यो पहिलो पटक भने होइन।
उनी आफ्ना विवादित ट्वीटका कारण बारम्बार हेडलाइनमा रहने गर्छन् ।बलिउडका दबंग अभिनेता सलमान खानले उनीविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् । वास्तवमा केआरकेले सलमानको फिल्म राधेको नेगेटिभ रिभ्यु गरे र मिलेर सलमानमाथि व्यक्तिगत हमला पनि गरे ।यही कारणले सलमानले केआरकेविरुद्ध कानुनी कारबाही गरेका थिए ।