काठमाडौं-काठमाडौं उपत्यकामा पछिल्लो २४ भण्टामा ४९७ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्य काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना रहेका छन् । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अबधीमा थप ३५५८ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै सोही अबधीमा थप ५२ जनाको मृत्यु भएको छ ।बिगतका केही दिनका संमित २९ जना थपिदा ८१ जनाको निधन भएको देखिन्छ । हालसम्म ८ हजार ८९४ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।