काठमाडौं १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । आज दिउँसो कांग्रेस पदाधिकारी सहित राष्ट्रपति कार्यालय पुगेका देउवा र भण्डारीबिच नागरिकता विधेयकका विषयमा छलफल भएको छ ।
नागरिकता विधेयकका विषयमा राष्ट्रपतिले चासो राखेपछि देउवाले पूर्व सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याएको बताए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयकलाई राष्ट्रपतिले सुझाव सहित फिर्ता पठाएकी हुन् । देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्र ब कार्की सहभागी भएका थिए ।