काठमाडौं १३ भदौ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको छ ।
सोमबार संसदमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।
छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव पास गर्ने क्रममा एमाले सांसद घनश्याम खतिवडाले गणपूरक संख्यामाथि प्रश्न उठाएपछि गणना गर्दा संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।
गणपूरक संख्या ६९ हुनुपर्नेमा ४५ जना मात्र सहभागी भएको पाइएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थागित गरेका हुन् ।