बालेन साहलाई तिन दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश — OSNepal

बालेन साहलाई तिन दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

LC (KTM) August 29, 2022 0

काठमाडौं १३ भदौ । काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले तिन भित्र लिखित जवाफ दिन आदेश दिएको छ ।

मेयर साहले केहि दिन अगाडी नर्भिक अस्पतालको अनधिकृत संरचना नभत्काउन सर्वोच्चले अन्तर कालीन आदेश दिएपछि अदालतको व्यंग्य गर्दै अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुन्छ भनी अदातलको फैसला आउँदा आफु बुढो हुने भन्दै आफ्नै बुढो भएको फोटो बनाएर सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

सोही विषयलाई लिएर अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलना गरेको भन्दै कारबाही गर्न माग राख्दै निवेदन पेश गरेका हुन् ।

सो निवेदन उपर आज सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर